यस पुरचौंडी रुजकोट समाज को सदस्यता लिई बिशुद्ध समाजसेवा मा सहभागी हुन अनुरोध!!!
नेपालको विभिन्न क्षेत्रमा रहेका सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक दृष्टिकोणले उपेक्षित, पिछडिएका तथा उत्पीडित समुदाय, दलित आदिवासी, जनजाति, महिला, अपाङ्ग, जेष्ठ नागरिक, सहाराविहीन, दुर्घटनाबाट पीडितहरुलाई तत्कालका साथै दीर्घकालसम्म जीवनयापन गर्न सहज तुल्याउन आर्थिक तथा स्वास्थ्योपचार, सीपमुलक तालिम, जेहेन्दार छात्रवृत्ति आदि समेतका माध्यमबाट दुःखलाई न्यूनीकरण गर्न योगदान पुर्याउने यस संस्थाको लक्ष रहेको हुँदा सम्पुर्ण पुरचौंडी बासी, पुरचौंडी पुर्ख्यौली घर भइ अन्यत्र एवं बिदेश मा बसोबास गरिरहनुभएका दाजुभाई दिदिबहिनी, इश्टमित्र अथवा पुरचौंडीको भलो चाहने सबै महानुभावहरुमा यस पुरचौंडी रुजकोट समाज को सदस्यता लिई बिशुद्ध समाजसेवा को पुण्य कार्यमा आर्थिक, नैतिक, बौद्धिक, तथा भौतिक सहयोग गरी दिनुहुन सादर बिनम्र अनुरोध गर्दछौ।
सदस्यता लिन चाहने महानुभावले निम्न लिखित विवरण हाम्रो फेसबुक मेसेन्जर अथवा इमेल ID मा पठाउन हुन अनुरोध छ:
१. पुरा नाम/ ठेगाना
२. पेशा/ आवद्ध संस्था
३. बुवा को नाम (बुवा लाई गाँऊमा चिनिने कुनै लोकप्रिय नाम छ भने त्यो पनी)
४. सदस्यता लिन चाहेको किसिम (संस्थागत, आजीवन अथवा साधारण)
५. हाल सम्म कुनै सामाजिक कार्य गरेको छ भने त्यस को बिवरण
६. निश्वार्थ संस्थामा रहि समाजसेवा गर्ने प्रर्तिबद्धता
७. सदस्यता शुल्क संस्थाको खातामा डिपोजिट
सदस्यता शुल्क निम्नानुसार रहेको छ:
१. संस्थागत सदस्य: सदस्यता लिने समय मा रु. ५००००/-
२. आजिवन सदस्य: सदस्यता लिने समयमा रु. १००००/-
३. साधारण सदस्य: प्रवेश शुल्क रु १००/- र वार्षिक शुल्क रु. ५००/- गरि सदस्यता लिने समय मा रु. ६००/- र नवीकरण शुल्क प्रतिबर्ष रु ५००/-
सदस्यता बापत को रकम जम्मा गर्न को लागी बैंक खाता
हाम्रो फेसबुक अकाउन्ट:
https://www.facebook.com/purchoundi.rujkot
https://www.facebook.com/purchoundirujkot.society
इमेल ID: purchoundirujkot@gmail.com